२४ चैत्र २०८१, सोमबार

सोलुखुम्बुमा बोलेरो दुर्घटनामा परी एक महिलाको मृत्यु

कान्छो खवर । आइतबार, चैत्र २३, २०८१

गाईघाट  २४  चैत ।

सोलुखुम्बुमा भएको बोलेरो गाडी दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।दुर्घटना मृतककी १८ महिनाको शिशु घाइते भएका छ्न।

सोलुको सोताङ गाउपालिक वडा नम्बर २ देखि सनिवार साझ जुके गाउँ तर्फ सामान बोकेर जाँदै गरेको प्र-३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी सडकदेखि चिप्लिएर झन्डै ४०० मिटर तल भिरमा खस्दा गाडीमा सवार ३० बर्षीया सरीता राईको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर रूपमा घाइते भएकी उनलाई उपचारकोलागि अस्पताल ल्याउदै गर्दा बेलुकी ८ बजे बीच बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते मृतककी १८ महिने शिशु रेबनको अस्पतालमा उपचार भैरहेको छ ।

गाडीमा रहेका अन्य दुई यात्रीलाई भने सामान्य चोटपटक लागेको छ ।गाडीका चालक प्रेम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्