कान्छो खवर । शुक्रबार, फाल्गुण ३०, २०८१

गाईघाट १ चैत ।
रोकिराखेको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिदा राजाबासमा बिहिवार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका ८ राजाबासस्थित सरस्वती खोलाको पुल छेउमा रोकिराखेको प्रदेश २ -०१-००१ त २३०१ नम्बरको ट्याक्टरलाई गाईघाट देखि चुहाडे तर्फ जादै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालक त्रियुगा नपा ७ भान्टाबारीका ३४ बर्षिय भुबन राईको मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट गाईघाटले जनाएको छ ।
उक्त घटना राति १० बजेको समयमा भएकोले चालकले मादक पदार्थ सेबन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।मृतक राई गाईघाट बजार देखि घर भान्टाबारी तर्फ जादै गरेको ट्राफिक प्रहरी भुबन राईले बताए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।