कान्छो खवर । बिहिबार, फाल्गुण २९, २०८१

गाईघाट २९ फागुन ।
प्रहरीले चरेस सहित एक युवालाई पक्राउ गरेको छ ।उदयपुरको बेलका नगरपालिकाको रामपुर बजारस्थित होटेल एकान्त एन्ड लजबाट बेलका ५ का ३० बर्षिय बिशप खतिवडालाई ३.६० मिलिग्राम चरेस सहित सोमबार दिउसो पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार जारी गरेको सार्बजनिक नोटमा खतिवडाको साथबाट चरेस सहित विभिन्न बैंकका २० थान चेक ,४५ थान एटीएम कार्ड एनसेल र नेपाल टेलिकमको २०० थान सिम कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खतिवडालाई विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका खतिवडालाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्