कान्छो खवर । बुधबार, फाल्गुण २८, २०८१

गाईघाट २८ फागुन ।
डिभिजन बन कार्यालय उदयपुरले डढेलो नियन्त्रणकोलागि बुधबार सुरक्षा निकायहरुलाई अग्नी नियन्त्रणका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
डिभिजन बन कार्यालय गाईघाटमा दिउसो आयोजित कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । सहायक बन अधिकृत पुण्य पौडेलले डढेलो नियन्त्रणकोलागि ब्याक वाटर पम्प , फायर यार्क , जम्प सुट र फायर साबेल उपलब्ध गराएको बताए ।
उनले जिल्लाको रास्ट्रिय र सामुदायिक बनमा बर्सेनि सुख्खा मौसम फागुन चैत र बैशाख महिनामा डढेलो लाग्ने गरेको र त्यसबाट ठुलो क्षती हुने गरेकोकोले त्यसको न्यूनीकरणको लागि सुरक्षा निकायलाई परिचालन गर्न अग्नि नियन्त्रणका सामाग्री उपलब्ध गराइएको बताए
उनको डढेलोको कारण गाउबस्तिमा हुने गरेको क्षेती न्यूनीकरणमा सामाग्री वितरणले महत्त्वपूर्ण भुमिका निर्बाह हुने बताए ।