२८ फाल्गुण २०८१, बुधबार

स्वबियु निर्वाचनमा उदयपुरको तीन क्याम्पस मध्य दुईमा उम्मेद्बारी मनोनयन परेन

कान्छो खवर । बुधबार, फाल्गुण २८, २०८१

गाईघाट  २८  फागुन  ।

स्वतन्त्र बिध्यार्थी युनियनको आगामी चैत ५ गते हुने निर्वाचनको लागि मंगलबार उमेदवार मनोनयन गर्ने निर्धारित समयमा मतदाता नामावलीको विषयमा विवाद हुदा जिल्लाको दुई क्याम्पसमा कुनै पनि बिध्यार्थी संगठनको उम्मेद्बारी परेन ।

नेपाल बिद्यार्थी संघले मतदाता नामावली सच्याउन गरेको आग्रहमा कुनै सहमति जुट्न नसक्दा त्रियुगा जनता बहुमुखी क्याम्पसमा ५ गते हुने स्वबियु निर्वाचन रोकिन पुगेको हो ।विवाद समाधान गर्न मंगलबार क्याम्पस प्रशासनको अगुवाइमा बिध्यार्थी संगठनका प्रतिनिधि बीच भएको छलफलबाट समेत कुनै निष्कर्ष ननिस्किदा स्वबियु निर्वाचन अन्योलमा परेको हो ।

फागुन २१ गते निर्वाचन समितिले प्रकाशन गरेको १५०३ जना मतदाता नामावलीमा २३ जना बिद्यार्थीहरुको आबस्यक कागज पत्र नपुगेको भन्दै नेबि संघले बिरोध जनाउदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।तालाबन्दी खोल्न र निर्वाचन गर्ने बाताबरण बनाउन भन्दै क्याम्पस प्रशासनले पटकपटक बिध्यार्थी संगठन बार्ता गरेको थियो ।

गाईघाट स्थित बरुवा क्याम्पसमा पनि मतदाता नामावलीकै बिषयमा विवाद हुँदा उम्मेद्बारी मनोनयन हुन सकेन ।माओवादी केन्द्र निकट क्रान्तिकारी बिद्यार्थी संगठनले  मतदाता नामावलीमा बिरोध जनाए पछी भएको विवाद नसल्टिदा स्वबियु निर्बाचन निर्धारित समयमा नहुने भएको छ ।

जिल्लाको नारद आदर्श क्याम्पसमा भने निर्बाचनको लागि बिध्यार्थी संगठनहरुले उम्मेद्बारी मनोनयन गराएका छ्न ।उक क्याम्पसमा  नेकपा एमाले निकट अखिलले एक्लै प्यानल सहित उम्मेद्बारी दर्ता गरेको छ भने नेबि संघ , क्रान्तिकारी र जसपा निकट बिध्यार्थी संगठन समाजबादी विद्यार्थी युनियनको सयुक्त प्यानलबाट उम्मेद्बारी परेको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्