कान्छो खवर । मंगलबार, फाल्गुण २७, २०८१

गाईघाट २७ फागुन ।
उदयपुरको विभिन्न ठाउ देखि लागूऔषध सहित ५ युवाहरु पक्राउ परेका छ्न ।ईलाका प्रहरी कार्यालय कटारीले सोमबार साझ महोत्तरीको मनवा सिसुवा १ का ४० बर्षिय दिलिप भुजेल र धनुषाधाम ५ का ३५ बर्षिय शम्भुकुमार साहलाई टापेन्डाडोल २५१० ट्याब्लेट ,स्पास्पेन २४६० र क्यापु डि ३२० ट्याब्लेट सहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
त्यसै गरि लालपत्ता प्रहरी चौकीले त्रियुगा नगरपालिका १२ का २६ बर्षिय ललित चौधरी र २५ बर्षिय बिदायक राई र जिल्ला प्रहरी कार्यालयले त्रियुगा १२ का २२ बर्षिय अर्जुन रोकालाई ६९ ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई लागूऔषध मुद्दामा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्