२८ फाल्गुण २०८१, बुधबार

उदयपुर जिल्ला परिचय नामक पुस्तकका लेखक रेग्मीको निधन

कान्छो खवर । मंगलबार, फाल्गुण २७, २०८१

गाईघाट  २७  फागुन  ।

समाजसेवी  तुलसीप्रसाद रेग्मीको निधन भएको छ । ९९ बर्षको उमेरमा मंगलबार बिहान उनको निधन भएको हो ।

खोटाङ जिल्लाको तत्कालीन बतासे गाउँ पन्चायत २ बतासेमा  बिक्रम सम्बत १९८२ सालमा जन्मिएका रेग्मी ५ दशक देखि उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित प्रतिभा टोलमा बस्दै आएका थिए ।

सामान्य बिरामी रहेका रेग्मी काठमाडौमा उपचार गराई मंगलबार बिहान मात्र गाईघाट आएका थिए ।उनले उदयपुर जिल्ला परिचय नामक पुस्तक २०४३ सालमा लेखेका थिए ।

जिल्ला भ्रमण गरेर उनले लेखेको पुस्तक तत्कालीन जिल्ला पन्चायतले प्रकाशन गरिदिएको थियोे ।जिल्लाको भौगोलिक अबस्था,सामाजिक जीवन ,बन्यपैदाबर तथा खनिज पदार्थ ,सन्चार स्वास्थ , शिक्षा , जातजाति , उदयपुरका प्रकाशहरु , कार्यालय ,उधोग , प्रमुख बजारहरु , ऐतिहासिक  धार्मिक स्थल र पन्चायत सम्बन्धि बिषय बस्तु समेटेर जिल्लामा पहिलो पटक उक्त पुस्तक प्रकाशित भएको थियोे ।

उनले किताबको भुमिका लेखनमा  आफुले जिल्ला भ्रमणको बेला देखेको र सुनेको कुरा मात्र लेखेको उल्लेख गरेका छ्न ।

त्रियुगा नगरपालिकाले रेग्मीलाई केहि समय अघि  बिशिस्ट सल्लाहकारमा नियुक्ति गरेर संमान गरेको मेयर बसन्त बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्