२७ फाल्गुण २०८१, मंगलबार

कटारी नगरपालिका ५ को वडा भबनको उद्घाटन , मेयर श्रेष्ठले गरे स्व डिल्लीशेर र स्व काशीराज राइको योगदानको चर्चा

कान्छो खवर । सोमबार, फाल्गुण २६, २०८१

गाईघाट  २६   फागुन  ।

कटारी नगरपालिकाको ५ नम्बर वडा भबनको सोमबार नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले उद्घाटन गरेका छ्न । वडा नम्बर ५ स्थित भुल्केमा निर्मित उक्त भबन निर्माणको लागि नेपाली काङ्ग्रेसका युवा नेता रामकुमार राईले झन्डै २ करोड मुल्य बराबरको ४ कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।

राईले स्व हजुरबुबा डिल्लीशेर राई , हजुरआमा स्व भागबति राई , पिता स्व  काशीराज राई र आमा स्व बिस्णुमाया राई , स्व  गौन हिरा राई र स्व जानुका राईको सम्झना उक्त जग्गा वडा कार्यालय भबन निर्माणको लागि २०७८  मा दिएका थिए ।

वडा कार्यालयले झन्डै ३३ लाख रुपैया खर्च गरेर ४ कोठे भबन निर्माण गरेको वडा अध्यक्ष मोहन सिह तामाङले बताए । भबन उद्घाटन कार्यक्रम नगर प्रमुख श्रेष्ठले समाजसेवी डिल्ली शेर र काशीराजको ब्याक्तित्व र जिल्लामा उनिहरुले समाजसेवा दिनु भएको योगदानको चर्चा गरेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्