कान्छो खवर । सोमबार, फाल्गुण २६, २०८१

गाईघाट २६ फागुन ।
मोटरसाइकलको ठक्करबाट गम्भीर रूपमा घाइते एक महिलाको उपचारको क्रममा आइतबार साझ मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका ८ राजाबासमा आइतबार दिउसो बाटो काट्ने क्रममा सोही ठाउकी ६५ बर्षिया टिकामाया कार्कीलाई प्र १-००१प ८३५९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर रूपमा घाइते भएकोमा उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा साझ ७.१० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुर्कुची देखि गाईघाट तर्फ आउदै गरेको उक्त मोटरसाइकलले बाटो काट्ने क्रममा कार्कीलाई ठक्कर दिएको हो ।तीब्र गतिको उक्त मोटरसाइकल अनियंत्रित भएर सडक बिचमा लड्दा मोटरसाइकल पछाडी बसेकी मिना तामाङ सामान्य रूपमा घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक रौतामाई गाउपालिका ७ मुर्कुची बस्ने २२ बर्षिय गजेन्द्र दहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।