कान्छो खवर । आइतबार, फाल्गुण २५, २०८१

गाईघाट २५ फागुन ।
सप्तकोशीमा हाम फालेर आइतबार बिहान् एक युवकले आत्महत्या गरेका छ्न । उदयपुर र सुनसरीको सिमा स्थित कोशी पुलबाट बिहान ८ बजे सुनसरी धरान १५ का ४५ बर्षिय दुर्गाप्रसाद कुरुङ बाङ्ग लिम्बूले कोशीमा हाम फालेको प्रहरीले जनाएको छ ।
उनको शब १० बजे कोशीबाट निकालिएको र पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । कोशी पुलको छेउमा स्कुटर र चप्पल छोडेर लिम्बू कोशीमा हाम फालेको स्थानिय सनवीर राईले बताए ।
लिम्बूले किन कोशीमा हामफालेर आत्महत्या गरे भन्ने बारे केहि खुलेको छैन । कोशीमा युवकले हाम फाल्ने बितिकै स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोशीमा गाउले संग मिलेर लिम्बुको खोजी गरेकोमा केहि घन्टा पछी शब फेला परेको कोठु प्रहरी चौकीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्