कान्छो खवर । बिहिबार, फाल्गुण २२, २०८१

गाईघाट २२ फागुन ।
जङ्गलमा लागेको आगो गाउँ बस्तीमा फैलदा कटारीको तिनाजुमा बुधबार दिउँसो २ वटा घरमा आगलागी भएको छ ।आगलागीको कारण झन्डै ३ लाख ५० हजार रुपैया बराबरको धनमान नष्ट भएको छ ।
कटारी नगरपालिका १० तिनाजुको जङ्गलमा दिउसो लागेको आगो नजिकैको बस्तीमा फैलदा स्थानिय कौडे दमाईको ढुङ्गा र माटोले बनेको घर जलेर काठ पात , अन्न , भाडा बर्तन र पशु चौपाया नष्ट हुँदा १ लाख बराबरको क्षती भएको हो ।त्यसै गरि लिलबहादुर सुनुवारको ढुङ्गा र माटोले बनेको घर समेत जलेर नष्ट हुदा २ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा आगोले पोलेर दमाई घाइते भएका छ्न ।आगोले उनको हात र अनुहार जलेको छ ।उनको कटारी अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । तीब्र हावा हुरी चलेको कारण जङ्गलको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।आगो प्रहरी र स्थानिय बासिन्दा मिलेर निभाइएको छ ।