३० फाल्गुण २०८१, शुक्रबार

कटारीमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

कान्छो खवर । बुधबार, फाल्गुण २१, २०८१

गाईघाट  २१  फागुन  ।

अस्ट्रेलियन  चिकित्सकहरुले बुधबार कटारीमा एक दिने  निशुल्क आखा शिबिर सन्चालन गरेका छन् ।कटारी नगरपालिका १ कालीखोलाको बिध्यालयमा सन्चालन भएको उक्त शिबिरमा पुरुष २३० जना र महिला २७६ जना गरी ५०६ जनाले आँखा जाँच गरेको कटारी चेम्बर अफ कमर्सका अध्यक्ष पबन श्रेष्ठले बताए ।

अस्ट्रेलियन चेम्बर अफ कमर्स र धुलिखेल रोटरी क्लबको आयोजनामा भएको शिबिरमा अस्ट्रेलियाबाट आएका वरिष्ठ आँखा विशेषज्ञबाट आँखा जाँच गरिएकोमा २९८ जनालाई चस्मा वितरण गरिएको छ भने अप्रेसन गर्नुपर्ने बिरामीलाई ढल्केवर स्थित द रेयुकाईले सन्चालन गरेको आँखा अस्पतालमा रेफर गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त शिबिर कटारी चेम्बरको समन्वय र ब्यबस्थापन  कटारी नगरपालिकाले गरेको  हो ।

यहाँ कमेन्ट गर्नुहोस्