कान्छो खवर । बुधबार, फाल्गुण २१, २०८१

जलजले २१ फागुन ।
उदयपुर सिमेन्ट उद्योग सन्चालनकोलागि अर्थ मन्त्रालय बाट ल्याएको १६ करोड ऋण रकम दुरुपयोग हुन थालेको छ ।
उद्योगका तत्कालीन अध्यक्ष केसब बस्नेतले उद्योगको पुरानो मेसिन औजार मर्मत सम्भार र नया मेसिन खरिदकोलागि अर्थ मन्त्रालयबाट २०८० माघ १६ गते ऋण तमसुक गरेर १६ करोड रुपैया ल्याएका थिए ।
उक्त ऋण रकम उद्योग सन्चालक समितिबाट निर्णय गराइ पुजीगत शिर्षकमा मेसिन मर्मत सुधारमा मात्र प्रयोग हुने सुनिश्चितता गरेर मात्र खर्च गर्नुपर्ने अर्थको सर्त बिपरित उद्योग ब्यबस्थापनले अन्य शिर्षकमा खर्च गरेर ऋण रकमको दुरुपयोग गर्न सुरु गरेको छ ।
अर्थ र उदयपुर सिमेन्ट उद्योग बीच भएको ऋण लगानी सर्त बमोजिम अन्य शिर्षकमा खर्च गर्नुपरेमा अर्थ मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने भनिए पनि सो सर्त बिपरित उद्योगले अन्य शिर्षकमा खर्च गर्न थालेको छ ।
पुरानो मेसिन मर्मत सम्भार र आबस्यक अन्य मेसिन खरिद गरेर बन्द उद्योग सन्चालन गर्नको साटो उद्योग ब्यबस्थापनले कमिसन पाउने लोभमा आपूर्तिकर्ताहरुलाई सोही रकम बाट भुक्तानी दिन थालेको छ ।
केही दिन अघि मात्र स्थानिय एक आपूर्तिकर्तालाई ९० लाख ६० हजार रुपैया भुक्तानी दिएको छ ।उक्त आपूर्ति कर्ताले उद्योगमा सप्लाई गरेको सामाग्री भने उद्योगको गोदाममा थन्किएको कर्मचारीहरु बताउछन् ।
पार्टीहरुलाई भुक्तानी गरिए मोटो रकम कमिसन आउने लोभमा उद्योग ब्यबस्थापनले उद्योग सन्चालन गर्नुको साटो ऋण रकम धमाधम खर्च गर्ने तयारीमा लागेको कर्मचारी बताउँछन् ।
अब कोइराला , अन्य सामाग्री खरिद गरेको पुरानो दायित्व बापतको रकम समेत भुक्तानीको तयारी भैरहेको उद्योगका एक कर्मचारीले भने ।
बन्द उद्योग सन्चालन गर्न ल्याइएको ऋण रकम यसरी नै खर्च गर्दै जाने हो भने उद्योग अब कसरी सन्चालन हुन्छ ? ती कर्मचारीले भने ।
उद्योग सन्चालन तर्फ ध्यान नदिने अनि पुरानो बक्यौता रकम मात्रै तिर्ने हो हो भने उद्योग कुनै पनि हालतमा सन्चालनमा न आउने उनले बताए ।
उद्योग सन्चालक समितिका तत्कालीन अध्यक्ष केसब बस्नेतले उद्योगको पुरानो मेसिन मर्मत सुधार बाहेक अन्य शिर्षकमा ऋण रकम खर्च गर्न नपाईने बताए ।
पुरानो मेसिन मर्मत र आबस्यक अन्य मेसिन खरिद गरेर उद्योग दीर्घकालीन रूपमा सन्चालन गर्न आफूले निकै मेहनत गरेर अर्थ मन्त्रालयबा १६ करोड रुपैया ऋण ल्याएको बताए ।
अब त्यही रकम समेत दुरुपयोग हुन थाले पछी उद्योगको भबिस्यब संकटमा पर्ने उनले बताए ।अब जनस्तरबाट खबरदारी गर्नुपर्ने बेला आएको छ बस्नेतले भने ।
अर्थले ११ वटा सर्त राखेर उद्योगलाई ऋण लगानी गरेको उनले बताए ।ऋणको ब्याज ऋण लगानी गरेको मिति देखि साबा भुक्तानी गरेको दिन सम्म बार्षिक ७ प्रतिशतको दरले तिर्नुपर्ने छ ।
उद्योगले १० बर्ष भित्रमा ऋणको साबा र ब्याज ६/६ महिनाको समान किस्ता अर्थ मन्त्रालयलाई बुझाउनु पर्ने छ र ऋणको साबा र ब्याज तोकिएको समयमा चुक्ता नगरेमा भुक्तानी बाकी भएको मिति देखि बार्षिक १० प्रतिशतको दरले हर्जाना तिर्नुपर्ने सर्त राखीएको छ ।
पुर्ब अध्यक्ष बस्नेत अर्थले निकै कडा सर्त राखेर ऋण लगानी गरेको बताउछन् । ऋण रकम दुरुपयोग नहोस् र जुन शिर्षकमा ऋण मागिएको हो सोही काममा मात्र खर्च गरुन् भनेर अर्थले कडा सर्त राखेर उद्योगलाई ऋण लगानी गरेको उनले बताए ।
तर अहिले उद्योग ब्यबस्थापनबाट ऋण रकम दुरुपयोग गरि बदमाशी गर्न थालिएको उनले बताए । बन्द उद्योग चलाउने तर्फ कसैको ध्यानाकर्षण गएको छैन , अब भएको पैसा अनावश्यक रूपमा खर्च गरेर उद्योगलाई बन्द गराउने तर्फ लागेको उनले बताए ।
उद्योग बिगत लामो समय देखि बन्द हुँदा उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्टको उत्पादन हुन नसक्दा अहिले निजी क्षेत्रबाट उत्पादित अन्य सिमेन्ट उद्योगहरुले मनपरि रूपमा सिमेन्टको मुल्य बढाएकोले उपभोक्ताहरु मारमा परेका छ्न भने सिमेन्ट उद्योगका कर्मचारीहरु बिगत ६ महिना देखि तलब भत्ता पाउनबाट बन्चित भएका छ्न ।