कान्छो खवर । मंगलबार, फाल्गुण २०, २०८१

गाईघाट २० फागुन ।
उदयपुर र सुनसरीको सिमा रामपुर स्थित सप्तकोसीको पश्चिमी तर्फको कटान क्षेत्रमा तटबन्ध निर्माणको लागि सरकारले टेन्डर आबहान गरेको छ ।
आज एक दैनिक पत्रीकामा कोशी तटबन्ध निर्माणकोलागि ४ करोडको टेन्डर आबहान गरिएको सूचना प्रकाशित गरिएको छ ।अब भने कोशीमा चाडै तटबन्ध निर्माणको काम सुरु हुने भएको हो ।
गृह मन्त्रालय अन्तरगतको रास्ट्रीय बिपद जोखिम न्यूनीकरण शाखाले उक्त रकम चालु आर्थिक बर्षकोलागि बिनियोजित गरेको हो। गृहमन्त्री रमेश लेखकले कोशी कटान निरीक्षणको क्रममा दुई महिना अघि कोशी तटबन्ध निर्माणकोलागि रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्