२७ फाल्गुण २०८१, मंगलबार

प्रहरीद्वारा प्रतिबन्धित माछा नष्ट

कान्छो खवर । मंगलबार, फाल्गुण २०, २०८१

गाईघाट   २०   फागुन   ।

प्रहरीले  ८५ केजी  प्रतिबन्धित मुङ्ग्री माछा नस्ट गरेको छ ।लहान देखि गाईघाट तर्फ आउदै गरेको ना १ ज ७४३९ नम्बरको विङगर गाडीबाट आयात गरिएको उक्त माछा मंगलबार दिउसो नष्ट गरेको हो ।

नेपालमा प्रतिबन्धित उक्त माछा तस्करी मार्फत भारतबाट भित्रीने गरेको छ ।प्रहरीले सोमबार साझ लालपत्ता प्रहरी चेकपोष्टबाट गाडी सहित माछा नियन्त्रणमा लिएको उदयपुर प्रहरीले जनाएको छ ।

दिउँसो प्रहरीले जिल्ला प्रहरी कार्यालय हातामा खाल्डो खनेर माछा नष्ट गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्