२७ फाल्गुण २०८१, मंगलबार

लागूऔषध सहित ३ युवाहरु बेल्टारमा पक्राउ

कान्छो खवर । सोमबार, फाल्गुण १९, २०८१

गाईघाट  १९  फागुन  ।

लागूऔषध सहित बेलटार बजार देखि तीन युवा पक्राउ परेका छ्न । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारले आइतबार साझ ति युबाहरुलाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा चौदण्डिगढी नगरपालिका ७ का बर्ष १९ का सागर बिक ,बर्ष २९ का संयोग राई र बर्ष २१ का निशान मगर रहेका छ्न ।प्रहरीले उनिहरुको साथबाट १ सय २० एम्पुल प्रतिबन्धित लागूऔषध ट्रामाडोल र १०० ट्याब्लेट स्पास्पेन बरामद गरेको छ ।

पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता र कारोबारी भएको प्रहरीले खुलाएको छ । उनिहरु विरुद्ध प्रहरीले अनुसन्धान गरेर लागूऔषध मुद्दा चलाउने तयारी गरेको प्रहरी प्रबक्ता वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्