२७ फाल्गुण २०८१, मंगलबार

बाघको आक्रमणबाट फत्तेपुर बजारमा तीन जना घाइते

कान्छो खवर । सोमबार, फाल्गुण १९, २०८१

गाईघाट  १८  फागुन  ।

सप्तरीको फत्तेपुर बजारमा सोमबार बिहान बाघको आक्रमणबाट तीन जना घाइते भएका छ्न । सप्तकोसी नगरपालिका १ रक्तमाला टोल र खोरिया टोल नजिकै बिहान ६.३० बजे बस्ती छिरेको बाघले आक्रमण गर्दा सोही ठाउका कृष्ण बिष्ट , गणेश खत्री  रिजना गोसाई घाइते भएको प्रहरीले जनाएको छ ।

खोरिया टोल स्थित सीता पोख्रेलको घरको करेसा बारीको करेलाको झाल आसपास घुमिरहेको उक्त बाघलाई नियन्त्रणमा लिनको लागि कोशी टप्पु बन्य जन्तु आरक्षण कार्यालयबाट नेपाली सेना र बन कर्मचारीको टोलि आउदै गरेको वडा अध्यक्ष रोहिनी पोख्रेलले बताए ।

उनले बाघ बस्ती पसे पछी स्थानिय निकै त्रसित भएर घर भित्र लुकेर बसिरहेको बताए । सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बाघ नियन्त्रणको प्रयास भैरहेको बताए । आरक्षण कार्यालयबाट सेनाको टोलि  नियन्त्रणकोलागि आउदै गरेको बताए ।

उनले बाघले थप आक्रमण नगरोस भनेर स्थानियको सुरक्षामा प्रहरी टोलिलाई घटना स्थलमा परिचालन गरिएको बताए । घाइते बिष्ट र खत्रीलाई थप उपचारको लागि बिराटनगर पठाइएको उनले बताए ।

बाघले आक्रमण गर्दा उनिहरुको शरीरको विभिन्न ठाउमा चोटपटक लागेको प्रहरी जनाएको छ ।

वडा अध्यक्ष पोख्रेलले बाघ नजिकैको दक्षिण तर्फको जङ्गलबाट आएको बताए ।धेरै लामो समय देखि बाघ देखिएको थिएन , बस्ती नजिकको जङ्गल संरक्षण गरिए पछी अहिले बाघ देखा पर्न थालेको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्