कान्छो खवर । आइतबार, फाल्गुण १८, २०८१

गाईघाट १७ फागुन ।
प्रधान न्यायाधीश प्रकाशमान सिह राउतले आफुले नेतृत्व गरेको न्यायलयले बिधीको शासन कहिल्यै पराजित हुन नदिने गरि काम गर्ने प्रतिबद्धता जनाएका छ्न ।
जिल्ला समन्वय समिति उदयपुरले आइतबार आयोजना गरेको प्रधान न्यायाधीशको संमान कार्यक्रम बोल्दै उनले प्रधान न्यायाधीशको हैसियतले न्यायलयको शिर कुनै पनि हालतमा निहुरिन नदिने बताए ।
जो संग प्रचुर मात्रामा नैतिक बल छ,आट क्षमता छ।निश्कलङ छवि रहेको छ उस्ले मात्र कुनै कसुर बाकी नराखी न्याय सम्पादन गर्न सक्ने उल्लेख गर्दै उनले आफुले छिटो छरितो रूपमा न्याय निस्पादन गर्ने बताए ।
उनले आफुले कसैले औंला ठहराउने गरि न्याय सम्पादन नगर्ने बताए ।न्यायिक सुधार र न्यायिक सुशासन दुइ वटा एजेन्डामा रहेर आफुले काम गर्न लागेको उनले बताए ।
न्यायलयले युद्ध स्तरमा काम गरिरहेकोले बिगत ३ महिनाको अबधिमा १५ जना न्यायाधीशले झन्डै १५ हजार मुद्दाको निरुपण गरेको उनले बताए ।हामीले यति उति काम गर्यौ भनेर बिज्ञापन गर्न नमिल्ने भएकोले न्यायलयले गरेको कामको लेखा जोखा हुन नसकेको प्रधान न्यायाधीश राउतले बताए ।
कार्यक्रममा समन्वय प्रमुख सहित जिल्लाका ७ वटा स्थानिय तहका प्रमुखहरुले प्रधान न्यायाधीश राउतलाई दोसल्ला ओढाएर संमान पत्र सहित संमान गरेका थिए । त्यसै गरि उक्त संमान कार्यक्रम नेपाल सरकारका सचीव द्वय कृष्ण राउत र मुकुन्द प्रसाद निरौला र नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक टेकबहादुर राईलाई पनि संमान गरिएको थियोे ।
सम्मानित तिनै जना उदयपुर निबासी हुन ।जिल्लामा जन्मिएर उच्च पदस्थ पदमा पुग्न सफल भएकोमा उनिहरुलाई जिल्लाको स्थानिय तहबाट संमान गरिएको हो । ४ दिन अघि उदयपुर आएका प्रधान न्यायाधीश राउत आजै काठमाडौ फर्किएका छन् ।