२७ फाल्गुण २०८१, मंगलबार

प्रधान न्यायाधीश राउतलाई कटारीमा संमान गरियो

कान्छो खवर । शुक्रबार, फाल्गुण १६, २०८१

गाईघाट  १६  फागुन  ।

प्रधान न्यायाधीश प्रकाशमान सिह राउतलाई शुक्रबार उदयपुरको कटारीमा संमान गरिएको छ । कटारी नगरपालिका ,बिध्यार्थि समाज काठमाडौ र उदयपुर उधोग बाणिज्य संघ कटारीले संयुक्त रूपमा राउतलाई संमान गरेको हो ।

कटारी जन्म थलो रहेको राउत विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार उदयपुर आएका हुन ।कटारी नगरपालिकाको सभा हलमा दिउसो आयोजित स्वागत तथा संमान कार्यक्रममा राउतलाई नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले दोसल्ला ओढाएर  प्रधान न्यायाधीश राउतलाई संमान गरेका छन । त्यस अबसरमा मायाको चिनो समेत प्रदान गरिएको छ ।

नगर प्रमुख श्रेष्ठले  उदयपुरमा जन्मिएर पहिलो पटक   प्रधान न्यायाधीश बन्नु भएकोमा जिल्लाबासी निकै हर्षित भएको बताए ।उनले राउतको कार्यकाल सुखद र सफलदायी रहने कामना समेत गरेका छ्न ।

प्रधान न्यायाधीश राउतले आफ्नो जन्म थलोमा सम्मानित हुन पाउदा निकै खुशी लागेको बताए । म काठमाडौ बसे पनि मेरा मन भने सधै आफू जन्मेको ठाउमै भैरहने उनलेे बताए ।तपाईहरुले गर्नु भएको मायाले आफुलाई थप आफ्नो जिम्मेवारी प्रति कर्तव्यबोघ गराएको राउतले बताए ।

संमान कार्यक्रम कटारीका बुद्धिजीवी , ब्यापारी , राजनैनिक दलका नेता कार्यकर्ता , कर्मचारी , जनप्रतिनिधि र सर्बसाधारणको उपस्थिति रहेको थियो । प्रधान न्यायाधीश राउतलाई सनिवार नेपाल बार उदयपुरले गाईघाटमा संमान गर्ने कार्यक्रम रहेको  छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्