२७ फाल्गुण २०८१, मंगलबार

उदयपुर बारले सनिवार प्रधान न्यायाधीश राउतलाई संमान गर्ने

कान्छो खवर । बिहिबार, फाल्गुण १५, २०८१

गाईघाट  १५   फागुन  ।

नेपाल बार  एसोसिएसन उदयपुरले प्रधान न्यायाधीश प्रकाशमान सिह राउतलाई स्वागत तथा संमान गर्ने भएको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन उदयपुर आउदै गरेका प्रधान न्यायाधीश राउतलाई सनिवार दिउसो जिल्ला अदालत उदयपुरको सभा हलमा बार इकाईले संमान गर्न लागेको हो ।

बारले बिहीबार सार्बजनिक गरेको पत्रमा राउतलाई स्वागत तथा संमान गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ । जिल्लाको कटारी घर भएका राउत जिल्ला बाट पहिलो पटक प्रधान न्यायाधीशमा नियुक्ति भएका हुन ।प्रधान न्यायाधीश बन्न सफल उनलाई जिल्लाको गौरव बढाएको भन्दै विभिन्न सघ सस्थाहरुले पनि संमान गर्ने कार्यक्रम रहेको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्