कान्छो खवर । बुधबार, फाल्गुण १४, २०८१

गाईघाट १४ फागुन ।
प्रहरीले मंगलबार साझ त्रियुगा नगरपालिका १० बोक्सेबाट एक युवालाई लागूऔषध सहित पक्राउ गरेको छ ।
त्रियुगा १२ पुरानो गाईघाटका १९ बर्षिय दिलिप घिमिरेलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले लागूऔषध १८ एम्पुल सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए ।
पक्राउ परेका घिमिरे लागूऔषध सेबनकर्ता र कारोबारी भएको खुल्न आएको छ । पक्राउ परेका उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको दाहालले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्