कान्छो खवर । बुधबार, फाल्गुण १४, २०८१

गाईघाट १४ फागुन ।
दोस्रो बिश्व युद्धका योद्धा १०२ बर्षिय दिलबहादुर राईलाई संमान गरिएको छ । बेलटार बजारमा आयोजित एक कार्यक्रम गोर्खा सेमिट्रीज ट्रस्टले उनलाई बुधबार संमान गरेको हो ।
दोस्रो बिश्व लडेका राई खोटाङमा जन्मिएर उदयपुरको बेलटार बजारमा बस्दै आएका छन् ।उनलाई ट्रष्टका अध्यक्ष महेन्द्र राई र समाजसेबि जयमान राईले संयुक्त रूपमा दोसल्ला कदर पत्रले संमान गरेका हुन ।संमान संगै उनलाई मायाको चिनो खुकुरी प्रदान गरिएको थियोे ।
प्रथम , दोस्रो र विभिन्न युद्धमा सहादत प्राप्त वीर गोर्खालीको सम्झना र संमानमा पुर्खा दिबस अप्रिल ५ मा वीर योद्धाहरुलाई संमान गरिदै आएको ट्रष्टका अध्यक्ष राईले बताए ।
७ बर्ष अघि गठन गरिएको ट्रष्टले यश अघि १० जना योद्धाहरुलाई संमान गरि सकेको उनलेे बताए ।
यहाँ कमेन्ट गर्नुहोस्