२८ फाल्गुण २०८१, बुधबार

सवारी दुर्घटनामा दुई घाइते

कान्छो खवर । मंगलबार, फाल्गुण १३, २०८१

गाईघाट  १३  फागुन  ।

खोटाङमा सुमो जिप र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन्  । दुई बिपरित दिशाबाट आउदै गरेको ना १ ज ६२ १९ नम्बरको जिप र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल मंगलबार बिहान मध्य पहाडी लोकमार्गको नुनथला स्थित पानीट्याङ्की नजिकमा एक आपसमा जुद्धा मोटरसाइकल चालक मदन गिरी र पछाडी बस्ने लक्ष्मी गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको खोटाङ अस्पतालमा उपचार भैरहेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्