२८ फाल्गुण २०८१, बुधबार

महाकुम्भ स्नान गरेर फर्किदै गरेको नेपाली तीर्थयात्री चडेको जिप दुर्घटना हुदा ४ जनाको मृत्यु ,अन्य ५ जना घाइते

कान्छो खवर । शनिबार, फाल्गुण १०, २०८१

गाईघाट   १०   फागुन  ।

भारतको प्रयागराज स्थित महाकुम्भमा स्थान गरि फर्कदै गरेको नेपाली तीर्थयात्री चडेको जिप शुक्रबार राति दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छ्न ।

तीब्र गतिमा आउदै गरेको नेपाली तीर्थयात्री सवार स्कारपियो गाडी उत्तर प्रदेशको बासगाउँ थाना क्षेत्र अन्तरगत गोरखपुर लिङ्क रोडमा ट्याक्टरको पछाडिको ट्रलीमा ठोक्किएर दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छ्न ।

उक्त दुर्घटनामा सप्तरी कंचनपुर नगरपालिका ७ की लिलाबती चौधरी र प्रशुराम चौधरी र सोही नगरपालिका ५ की हरिहरदेबी यादवको मृत्यु भएको हो ।त्यसै गरि सुनसरी कोशी गाउपालिका २ की ६० बर्षीया सन्तोलियादेबी यादवको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपि सुमन तिमिल्सिनाले बताए ।

दुर्घटनामा उदयपुरको चौदण्डिगढी नगरपालिका सिबाईका पतिप चौधरी र उनकी पत्नी बिना देबी , कंचनपुर ७ का उपेन्द्रनारायण चौधरी ,लालोदेबी यादव र सोही नगरको ५ वडाका जितु यादव घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको भारतीय स्थानिय अस्पतालमा उपचार भैरहेको र मृतकहरु सबैको शब पनि उक्त  अस्पतालमा रहेको भारतीय सन्चार माध्यमहरुले लेखेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्