२८ फाल्गुण २०८१, बुधबार

तास खेलिरहेको अबस्थामा ६ जना पक्राउ

कान्छो खवर । शनिबार, फाल्गुण १०, २०८१

गाईघाट  १०  फागुन  ।

प्रहरीले शुक्रबार राति ६ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरेको छ ।प्रहरी निरीक्षक सुमन बानियाको टोलिले बिशेश सूचनाको आधारमा उनिहरुलाई तास खेलिरहेको अबस्थामा पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका  १२ स्थित बबिता चौधरीको घरमा तास खेलिरहेको अबस्थामा नवीन तामाङ ,थमान राई ,बिन्द्र तामाङ ,अमरबहादुर राय ,बबिन्द्र राई र उमेश दाहाललाई पक्राउ गरिएको एसपि हरिहरनाथ  योगीले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद ४१ हजार ८२२ रुपैया ६७ वटा सिक्का र १८ बुक तास बरामद गरिएको प्रहरी निरीक्षक वानियाले बताए ।पक्राउ परेका उनिहरु विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्