२८ फाल्गुण २०८१, बुधबार

पुर्ब राजाको अभिव्यक्तिको समर्थनमा राप्रपा उदयपुरको दिप प्रज्वलित

कान्छो खवर । शुक्रबार, फाल्गुण ०९, २०८१

गाईघाट  ९  फागुन ।

पुर्ब राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिबसको अबसरमा गरेको सम्बोधनको समर्थनमा शुक्रबार रास्ट्रीय प्रजातन्त्र पार्टी उदयपुरले गाईघाटको पिपल चोकमा दिप प्रज्वलित गरेको छ ।

पुर्ब राजा शाहले युगान्तकारी सम्बोधन गरेको भन्दै राप्रपाले साझ ५ बजे दिप प्रज्वलित गरेको  हो । उक्त कार्यक्रममा पुर्ब मन्त्री हरिबहादुर बस्नेत , जिल्ला बिकास समिति उदयपुरका पुर्ब सभापति हिरा कुमार श्रेष्ठ ,त्रियुगा नगरपालिकाका पुर्ब मेयर एबम राप्रपा उदयपुरका अध्यक्ष ध्रुव रायमाझी , ब्यापारी , सर्बसाधारणको उपस्थिति रहेकोे थियोे ।

पुर्ब राजा शाहले मुलुकको अबस्था  निकै जटिल बन्दै गइरहेकोले आफुलाई साथ दिन सार्बजनिक रूपमा देशबासीलाई आग्रह गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्