कान्छो खवर । शुक्रबार, फाल्गुण ०९, २०८१

गाईघाट ९ फागुन ।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले सबै जात जातिको भाषा , सस्कृतीको जगेर्ना गर्न सरकारले प्रभाबकारी कदम चाल्नुपर्ने बताएकी छिन ।
उनले प्रथम दनुवारी खाना तथा सास्कृतिक उत्सब २०८१ को शुक्रबार राजाबासमा उद्घाटन गर्दै सबै जात जाति र धर्मावलम्बीको पहिचान जिवित राख्नकै लागि पनि मौलिक परम्परालाई राज्यले संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताइन् ।
उदयपुरमा पहिलो पटक आयोजना गरिएको उक्त सास्कृतिक उत्सबमा बिशेष दनुवार परीकारहरुको स्वादानुभुती एबम मौलिक सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
जिल्ला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा सुरु गरिएको महोत्सवमा बिशेष गरि दनुवारी परिकार रहने स्रोत केन्द्रकि अध्यक्ष बन्दना दनुवारले बताइन् । महोत्सवमा झन्डै २० वटा खानाको स्टल रहेको आयोजकले जनाएको छ ।महोत्सव १ सात चल्ने दनुवारले बताइन् ।