कान्छो खवर । बुधबार, फाल्गुण ०७, २०८१

गाईघाट ७ फागुन ।
त्रियुगा नगरपालिका १५ खाबुमा एक ब्यक्ति मृत अबस्थामा फेला परेका छ्न ।सोमबार दिउँसो घास काट्न घर देखि हिडेका ६१ बर्षिय शेरबहादुर मगरको शब मंगलबार बेलुकी केही परको जंगलमा भेटिएको हो ।
जंगल नजिकको भिर मुनी मगर मृत अबस्थामा फेला परेको वडा नम्बर १५ का अध्यक्ष गणेश तिमिल्सिनाले बताए । उनले घास काट्ने क्रममा मगर लडेको हुन सक्ने र सोही कारण उनको मृत्यु भएको अ अनुमान गरिएको बताए ।
दिउँसो घरबाट हिडेका उनी अबेर राति सम्म घर नफर्किए पछी आफन्त साथी भाईकोमा खोजी गरिएको थियोे । उनको बारेमा कतैबाट जानकारी नआए पछी जंगलमा खोजी गरिएको तिमिल्सिनाले बताए । जंगल नजिकैको भिरमा साझ पख गाउलेहरुले मगरको शब फेला पारे पछि प्रहरीलाई खबर गरेर अहिले जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टमको लागि शब ल्याइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।