२८ फाल्गुण २०८१, बुधबार

त्रियुगा माबिको आयोजनामा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी सुरु

कान्छो खवर । बुधबार, फाल्गुण ०७, २०८१

गाईघाट   ७    फागुन  ।

त्रियुगा माध्यमिक बिध्यालय गाईघाटको आयोजनामा बुधबार देखि २ दिने प्रथम त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी २०८१ सुरु भएको छ ।

” बिज्ञान र कलाको प्रदर्सन , ज्ञान , सीप तथा कला प्रदर्सन ” मुल नाराको साथ सुरु भएको उक्त प्रदर्शनीको त्रियुगाका मेयर बसन्त बस्नेतले गरेका छ्न ।

त्रियुगा माबीको हातमा सुरु भएको उक्त प्रदर्शनीमा नगर भित्रका सामुदायिक र सस्थागत बिध्यालयहरुको सहभागिता रहेको प्रधानअध्यापक सुभाष बिष्टले बताए ।

प्रदर्शनीको उद्घाटन समारोहमा त्रिमाबी गाईघाटका बिध्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेका छ्न ।

यो हाम्रो पहिलो प्रयास हो , अब अर्को पटक जिल्लाब्यापी प्रदर्शनी गर्ने छौ । प्रअ बिष्टले भने । उनले प्रदर्शनीमा उत्कृष्ट हुने बिध्यालय र बिध्यार्थीलाई पुरस्कृत गरीने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्