२८ फाल्गुण २०८१, बुधबार

संविधान संशोधन बेतुकका कुरा : झलनाथ खनाल

कान्छो खवर । बुधबार, माघ ३०, २०८१

गाईघाट  ३०  माघ  ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृतका सम्मानित नेता झलनाथ खनालले बर्तमान अपबित्र गठबंधन सरकार फेर्नू पर्ने बेला आएको बताएका छ्न ।

पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमकोलागि गाईघाट आएका नेता खनालले बुधबार पार्टी निकट समाजबादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अब यो सरकारको कुनै औचित्यपूर्ण नरहेकोले देशभक्त सरकार बनाउने बेला आएको बताए ।

उनले अहिलेको सरकार मुलुकलाई समृद्धि तर्फ लान नभई कुनै निश्चित स्वार्थ पुरा गर्न बनेको उल्लेख गर्दै सरकारको कुनै निति र ठोस कार्यक्रम नभएको बताए ।

उनले संविधान संशोधन बेतुकको कुरा रहेकोे बताए । सम्बिधान केको लागि संशोधन ,  सम्बिधान अहिलेसम्म पुर्ण रूपमा लागू नै भएको छैन ।तीन दर्जन बढी ऎन बन्न सकेको छैन ।उनले भने ।

कसैले केको लागि सम्बिधान संशोधन गर्ने भनेर सोधे भने मलाई नै  किन संशोधन भन्ने नै थाहा छैन ।उनले भने ।

नेता खनालले गैर जिम्मेवार शक्तिको हातमा सरकार गएकोले अहिले मुलुक अफ्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्