कान्छो खवर । मंगलबार, माघ २९, २०८१

गाईघाट २९ माघ ।
नेकपा एकीकृत समाजबादी उदयपुरको बुधबार हुने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न पार्टीका सम्मानित नेता एबम पूर्वप्रधानमन्त्री झलनाथ खनाल गाईघाट आउने भएका छ्न ।
समाजबादी उदयपुरको आयोजनामा हुनलागेको उक्त कार्यक्रममा जिल्ला भरीका अगुवा कार्यकर्ताहरुको सहभागीता रहने जिल्ला नेता श्रीबहादुर खड्काले बताए । उनले झन्डै ५ सय कार्यकताको सहभागीता रहने बताए ।
दुई दिन सम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा विशेष अतिथि केन्द्रिय सचीव बलदेव चौधरीको समेत उपस्थिति रहने आयोजक समितिले जनाएको छ । गाईघाटस्थित होटेल ग्रीन प्यालेस हलमा बिहान १० बजे देखि कार्यक्रम सुरु हुने खड्काले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्