२८ फाल्गुण २०८१, बुधबार

म:म सेन्टरमा ग्यास सिलिन्डर लिक भएर घाइते भएका उदयपुरका एक युवकको उपचारको क्रममा मृत्यु

कान्छो खवर । मंगलबार, माघ २९, २०८१

गाईघाट  २९ माघ  ।

काठमाडौको कमलपोखरीस्थित सानदार म:म सेन्टरमा ग्यास लिक भएर आगलागीमा परी गम्भीर रूपमा घाइते भएका उदयपुरका एक युवकको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।

माघ २४ गते बिहान उक्त म:म पसलमा ग्यास लिक हुँदा त्याहा कार्यरत ११ जना मजदुर कर्मचारी घाइते भएकोमा  उदयपुरको उदयपुरगढी गाउपालिकाका २५ बर्षिय भिम बहादुर मगरको उपचारको क्रममा मंगलबार बिहान किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति हेटौंडाका १८ बर्षिय रबिन राईको मृत्यु भएको थियो ।

आगलागीबाट   जलेर गम्भीर रूपमा घाइते भएका ११ जना मध्य ७ जना उदयपुरगढी गाउपालिकाका रहेका छ्न ।घाइते भएकाहरु एस कुमार घले मगर ,तिर्थ लायोमगर ,संयोग लामामगर ,धनबहादुर मगर , आयुष लामामगर ,र प्रदिप लामाको अस्पतालमा उपचार भैरहेको गढी गाउपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।

घाइते सबै जनाको शरीर १० देखि ५० प्रतिशत सम्म जलेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्