प्रज्ञा कार्की बिहिबार, माघ १७, २०८१
गाईघाट १७ माघ ।
ओखलढुंगाको भडारेखोलामा बिरामी बोकेको सुमो जिप दुर्घटना हुँदा एकै घरपरिवारका बिरामी सहित ३ जनाको मृत्यु भएको छ ।
आगोले जलेर गम्भीररुपमा घाइते भएकी खोटाङ केपिलासागढी गाउपालिका ३ बासपानीकि ५६ बर्षीया माया गुरुङलाई उपचारको लागि काठमाडौ लादै गरेको ना १ ज ६४२१ नम्बरको सुमो जिप मानेभञ्ज्याङ गाउपालिका ७ भडारे खोलामा दुर्घटनामा पर्दा उनी सहित छोरा २८ बर्षिय पुजन र दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ कि ४५ बर्षीया तारा गुरुङको घटना स्थलमै मृत्यु भएको खोटाङ प्रहरी प्रमुख डिएसपी प्रतीक बिष्टले बताए ।
बुधबार साझ बिरामी लिएर काठमाडौ तर्फ हिडेको उक्त गाडी कति बेला दुर्घटना भयो भन्नेमा बारे केहि खुलेको छैन तर घटनास्थानको अबस्था र स्थानियले दिएको जानकारी अनुसार बुधबार राती नै दुर्घटना भएको अनुमान गरिएको डिएसपी बिष्टले बताए ।
उनले बिहीबार बिहान स्थानिय बासिन्दाले घटनास्थानबाट दुर्घटनाको जानकारी दिएको बताए । सुमो चालक सुनसरीको इनरुवा नगरपालिका २ का २२ बर्षिय अनिल पण्डित फरार रहेकोेले उनको खोजी भैरहेको बताए । दुर्घटना पछी चालक फरार रहेकोेले गाडी दुर्घटना कसरी भयो भन्ने बारे जानकारी हुन नसकेको उनले बताए ।
उनले अहिले मृतकहरुको शब कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुंगामा ल्याइएको बताए ।