२३ माघ २०८१, बुधबार

एचपिभि खोप अभियान २०८१ ,सन्चारकर्मी र सरोकारवालाबीच एक दिने अभिमुखीकरण सप्पन्न

कान्छो खवर । मंगलबार, माघ १५, २०८१

गाईघाट  १५  माघ ।

स्वास्थ कार्यालय उदयपुरको आयोजनामा मंगलबार एचपिभी अभियान २०८१ जिल्ला खोप समन्वय समिति , सन्चारकर्मी र सरोकारवालाहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सप्पन्न भएको छ ।

महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामकोलागि पहिलो पटक ह्युमन प्यालोमा भाईरस विरुद्धको यो खोप अभियान बिद्यालय केन्द्रीय रहेको छ ।यो अभियान अन्तरगत कक्षा ६ देखि १० कक्षा सम्म अध्यनरत छात्राहरु समटिएका छ्न भने सरकारी र निजि सबै बिध्यालयका छात्राहरुलाई खोप लगाईने जानकारी कार्यक्रममा खोप सुपरभाईजर चिरञ्जीवी निरौलाले जानकारी दिए ।

उनले देश भरीनै यो अभियान माघ २३ देखि फागुन १ गत सम्म सन्चालन हुने जानकारी दिए । उदयपुरको ८ वटा स्थानिय तहको २८३ बिध्यालयको २० हजार १ सय २२ जना छात्राहरुलाई एचपिभी खोप लगाउने लक्ष्य रहेकोे निरौलाले बताए ।

उनले जिल्ला भरी कक्षा ६ मा अध्यनरत छात्राको संख्या ३ हजार ६ सय ९ , कक्षा ७ देखि १० कक्षा सम्म अध्यनरत छात्राको संख्या १३ हजार ४६ जना रहेको बताए ।

त्यसै गरि बिध्यालय बाहिर रहेको १० बर्ष उमेर समुहका २०२ बालिका र ११ देखि १४ बर्ष उमेर समुहका किशोरीको संख्या ३ हजार २ सय ६५ जना रहेको उनले बताए । यो सबै  खोप लगाउने लक्षित संख्या हो ।उनले भने ।

खोप संचालन अभियानमा ३ सय ९६ खोप केन्द्र रहेकोमा ४ सय ३ जना स्वास्थकर्मी र ७ सय ९९ जना स्वयंसेवक परिचालन हुने जनस्वास्थ अधिकृत रामभरोस ठाकुरले बताए ।

नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारण एचपिभि भाइरलस रहेको देखिएको छ ।पाठेघरको क्यान्सरबाट मुलुकमा प्रतीदिन ४ जना महिलाको मृत्यु हुने गरेको स्वास्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो अबस्था निबारण गर्न नेपाल सरकारले तीन वटा मुख्य लक्ष्य लिएको छ ।पहिलो , १० देखि १४ बर्ष सम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एपिभि खोप दिने ,दोस्रो ३० बर्ष उमेर कटेका ९० प्रतिशत महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउने परिक्षण गर्ने र तेस्रो क्यान्सर देखिएको अबस्थामा ९० प्रतिशत महिलाको सफल उपचार गर्ने ।

यहाँ कमेन्ट गर्नुहोस्