०७ पुष २०८१, आइतबार

पूर्व पत्नी लाई छुरा प्रहार

पेटमा छुरा हानी आत्म हत्याको प्रयास

नमिता राई शनिबार, आषाढ ०४, २०७९

त्रियुगा नगरपालिका वडा न. १ फुलजोरमा मंगलबार दिउसो एक व्यक्तीले आफनो पूर्व पत्नी लाई छुरा प्रहार गरी घाईते बनाई आफैले समेत आफनो पेटमा छुरा हानी आत्म हत्याको प्रयास गरेकाछन् ।

आफैले संचालन गरेको किनारा पसलमा बसीरहेको बेला ४३ बर्षिया सूजना राई लाई केहीबेर विवाद गरी कटारी नगरपालिका–६ रिस्कुका ४५ बर्षिय राम कुमार सुर्खेतीले छुरा प्रहार गरी घाइते बनाएकाछन् ।

छुरा प्रहार लगतै उनले आफनैगरेको प्रहरीले जनाएकोछ । सूजना र सुर्खेती दूवै पूर्व पती पत्नी रहेको पहरीले जनाएकोछ । सुर्खेती लाई छाडेर उनी सहरमान राई संग केही बर्ष अघि विवाह गरेका थिए ।

जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि दूवै जना लाई थप उपचारको लागी विपि कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठान लगीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि संतोष आचार्यले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्