०५ माघ २०८१, शनिबार

ढिम्कीस्थित बरुवाखोलाको क्षेतिग्रस्त तटबन्ध मर्मतसम्भारको काम सुरु

कान्छो खवर । बिहिबार, माघ ०३, २०८१

गाईघाट  ३ माघ  ।

गाईघाट बजारको रक्षा कबजको रुपमा रहेको ढिम्कीस्थित बरुवा खोलाको क्षेतिग्रस्त बाधको मर्मत संभारको काम सुरु भएको छ ।गत असारमा आएको बाढीले बाध क्षेतिग्रस्त तुल्याएको थियोे ।

झन्डै ४४ बर्ष अघि निर्माण गरिएको बरुवा खोलाको बाध लामो समय पछी मर्मत संभार हुन लागेको हो । बजारलाई खोलाको बाढीबाट जोगाउनकोलागि ढिम्की देखि तल बरुवा पुल सम्मको पुर्ब पट्टीको नदि किनारमा तटबन्ध गरिएको थियो ।

नदिमा आउने बाढीले बर्सेनि तटबन्धलाई क्षेती पुर्याउदै आएकोमा गत असारमा आएको भीषण बाढीले बाधलाई निकै ठुलो क्षेती पुर्याएको थियोे । बरुवा बाध मर्मत संभारकोलागि संघीय सरकारले १ करोड रुपैया उपलब्ध गराए पछी काम सुरु गरिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए ।

हामीले केन्द्रलाई बाध मर्मत संभारकोलागी पटकपटक बजेटको माग गरेकोमा अहिले आएर सरकारले केहि बजेट दिएको उनले बताए ।उनले पुरानो बाधलाई पुरै मर्मतसम्भार गर्नुपर्ने भएकोले अहिले आएको बजेटले सबै काम गर्न नपुग्ने भएकोले थप बजेटको ब्यबस्थापन कसरी गर्ने भन्ने बारे अन्योल रहेको बताए ।

उनले बुधबारबाट तटबन्ध मर्मतसम्भारको काम सुरु गरिएकोर माग महिना भित्रै सबै काम पुरा हुने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्