०१ माघ २०८१, मंगलबार

भुमी आयोग उदयपुरको अध्यक्षमा बलबहादुर तामाङ नियुक्त

कान्छो खवर । सोमबार, पुष २९, २०८१

गाईघाट  २८ पौष  ।

भुमी आयोग उदयपुरको अध्यक्षमा नेपाली काङ्ग्रेस उदयपुरका युवा नेता बलबहादुर तामाङ नियुक्त भएका छ्न । सरकारले गठन गरेको उक्त आयोगमा  तामाङ तेस्रो पटक अध्यक्षमा नियुक्त भएका हुन ।

तामाङले सोमबार भुमी ब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयमा सोमबार सपथ लिएका छ्न ।उनले उदयपुरमा निरन्तर तीन पटक अध्यक्ष भएर  पहिलो पटक रेकर्ड राखेका छ्न ।

गठबन्धन सरकारले गठन गरेको भुमि आयोगको अध्यक्ष पद उदयपुरमा काङ्ग्रेसको भागमा परेको हो ।काङ्ग्रेस र नेकपा एमालेको भागमा ३५/ ३५ जिल्ला परेको छ ।सरकारलाई समर्थन गरेकोजनता समाजबादीको भागमा ४ र लोकतान्त्रिक समाजबादीको भागमा ३ अध्यक्ष परेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्