०१ माघ २०८१, मंगलबार

गलत मनसायले गम्भीर आरोप लगाउदा मानहानी मुद्दा  लगाउने उपमेयरको चेतावनी

कान्छो खवर । सोमबार, पुष २९, २०८१

गाईघाट  २८  पौष  ।

त्रियुगा नगरपालिकाको १४  औं नगर सभामा  बिश्व बैंकको आर्थिक सहयोगमा नगर क्षेत्रमा भैरहेको सडक निर्माणको काम रोकिएको बिषयमा  उपमेयर माथि आर्थिक लेनदेनको कुरा उठे पछी केहि बेर बिबाद भएको छ ।

त्रियुगा नगरपालिका ११ का सदस्य भिन चन्द्र राईले बजारमा अहिले आर्थिक लेनदेनको बिषयले चर्चा पाएको र त्यसमा उपमेयरको नाम जोडिएको भन्दै प्रश्न उठाएका थिए ।उनले  द्रुत गतिले भैरहेको सडक र नाला निर्माणको काम एकाएक ठेकेदारले रोकेको र कारण जनप्रतिनिधि रहेको प्रश्न बजारमा चर्चा चलेको बताएका थिए ।

नगर सभाको अन्तिममा राईले उठाएका प्रश्न प्रति आपत्ति जनाउदै उपमेयर राईले गलत आशयले आफू माथि गम्भीर आरोप लगाएकोले सदस्य राई माथि मानहानीको मुद्दा  लगाउने चेतावनी दिएकी थिइन ।

उनले मैले नगरेको कुरामा किन गम्भीर आरोप लगाएको , तपाई संगै बसेर यो बिषयमा कुरा गर्छु ।राई प्रति लक्ष्यित गर्दै भनिन् ।पछी  नगर प्रमुख बसन्त बस्नेतले समन्वय गरे पछी  स्थित सामान्य बनेको थियोे ।

नगर सभामा चालू आर्थिक बर्ष २०८१/ ०८२ मा स्वीकृत योजना तथा कार्यक्रमहरु संबंधित वडा तथा नगरस्तरिय बजेट योजना तथा कार्यक्रम संशोधन गरिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्