कान्छो खवर । बुधबार, पुष २४, २०८१
गाईघाट २४ पौष ।
कामको अनुगमनको क्रममा प्रोजेक्ट मेनेजरमाथि जनप्रतिनिधि द्वारा गालीगलौज भए पछी निर्माण कम्पनीले बुधबार देखि सडक निर्माणको काम रोकेको छ ।
बिश्व बैंकको लगानीमा त्रियुगा नगरपालिकाको बजार क्षेत्रमा निर्माण भैरहेको सडक तथा ढल अनुगमनको क्रममा नगर उपप्रमुख महेश्वरी राईले निर्माणमा संङलग्न आशिष् -आशीर्वाद -स्वामि नारायण जेभीका योजना प्रमुख राजेश यादवलाई गाली गलौज गरेको भन्दै निर्माण कम्पनीले काम रोकेको कम्पनीका इन्चार्ज उमेश बुढाथोकीले बताए ।
उनले कम्पनीको क्याम्प मै आएर राईले योजना प्रमुख माथि गाली गरेर दुव्र्यवहार गरेको बताए ।कतै काममा त्रुटी देखेको भए तत्काल रोक्न लगाएर सुझाव दिनु पर्नेमा जनप्रतिनिधिले गाली गरेर कर्मचारीलाई हतोत्साहित गरेको उनले बताए ।
उममेयर राईले भने आफुले योजना प्रमुखलाई गालीगलौज नगरेको बताइन् ।मैले गाली गरेको छैन, अनुगमनको क्रममा केही ठाउँमा त्रुटी देखिएकोले पेटिमा काम गर्ने सब कन्ट्राक्टरलाई सचेत गराएको बताइन् ।
उनले कुरा बुझाइमा केहि असमझदारी हुन गएकोले समस्या आएको तर अब सबै समस्या समाधान भैसकेकोले निर्माणको काम सुरु हुने उनले बताइन् ।
चालू आर्थिक बर्षको अन्तिम महिना भित्र सक्ने गरि निर्माण कम्पनीले नगरपालिकाको ११, १२ ,१३ वडा भित्र झन्डै १४ किमि सडक र नाली निर्माणको काम गर्दै आएको छ । २ वटा प्याकेजमा ६७ करोडको लागतमा काम गरीरहेको निर्माण कम्पनीले ३५ प्रतिशत काम गरिसकेको छ भने २५ प्रतिशत रकम भुक्तानी लिएको नगरपालिकाले जनाएको छ ।