२३ माघ २०८१, बुधबार

बेलका नगरपालिकामा लगाएको तालाबन्दी खोलियो

कान्छो खवर । आइतबार, पुष २१, २०८१

गाईघाट   २१  पौष  ।

५ बुदे सहमति पछ्यात बेलका नगरपालिकामा लगाएको तालाबन्दी आइतबार दिउसो खोलिएको छ ।रोजगार सहायक पदमा परिक्षा नदिएका ब्यक्तिलाई आर्थिक चलखेलबाट नियुक्ति गरिएको भन्दै पौष १८ गते नेकपा एमाले बेलका नगर कमिटीले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको थियोे ।

आईतवार बिहान नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सो बिषयमा उपमेयर जीरा राईको संयोजकत्वमा छानबिन समिति गठन गर्ने र समितिले ५ दिन भित्र घटनाको सत्यतथ्य सहितको प्रतिबेदन ल्याउने सहमति भए पछी दिउसो ताला खोलिएको प्रमुख कार्कीले बताए ।

छानबिन समितिले दोषी देखिएकाहरुमाथि कार्बाही प्रक्रिया अघि बढाउन सहमति गरिएको छ ।आरोपित प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई प्रतिबेदन सार्बजनिक नभए सम्म जिम्मेवारीबाट हटाउने समेत सहमति भएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्