१८ पुष २०८१, बिहिबार

तेस्रो अन्तरमाबी मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधी नमूना माबी गाईघाटलाई

कान्छो खवर । सोमबार, पुष १५, २०८१

गाईघाट  १५  पौष  ।

तेस्रो अन्तर माबी मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधी त्रियुगा नमूना माबीले जितेको छ । ११  स्वर्ण , १० काश्य र ६ रजत पदक ल्याएर त्रियुगाले यो पटकको मेयर कपमा नगद १५ हजार शिल्ड र मेडल जितेको हो ।

त्रियुगाले निरन्तर दुई बर्ष देखि उपाधी जितेर मेयर कपको शिल्ड पच गरेको छ ।त्यसै गरि उप बिजेता प्याराडाईज स्कूस भएको छ ।११ स्वर्ण ,६ काश्य १६ रजत पदक ल्याएर उप बिजेता बनेको प्याराडाइजले  १० हजार नगद र मेडल जितेको छ

तेस्रो स्थानमा जनता माबी श्रीपुर भएको छ ।  श्रीपुरले प्रतियोगितामा ६ स्वर्ण  र २ काश्य पदक ल्याएको छ ।

स्वास्थको लागि खेलकुद ,रास्ट्रको लागि खेलकुद ,खेलकुद हाम्रो सान , स्थानिय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नाराको साथ पौष ११ गते देखि १४ गते सम्म सन्चालन भएको उक्त प्रतियोगी त्रियुगा नगरपालिकाको आयोजनामा भएको हो ।

एथलेटिक्स सहित ५ बिधामा भएको प्रतिस्पर्धामा बिजेता र उपबिजेतालाई नगर प्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले नगद , शिल्ड र मेडल बितरण गरेका छ्न । पुरस्कार बितरण समारोहमा बोल्दै मेयर बस्नेतले पढाईको अतिरिक्त बिद्यार्थीहरुको शारीरिक एबम मानसिक बिकासमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने भएकोले नगरपालिकाले बर्सेनि रनिङ शिल्डको आयोजना गर्दै आएको बताए ।

उनले आगामी दिनमा खेलकुदको बिकासको लागि नगरपालिकाले पर्याप्त बजेटको ब्यबस्था गरेर खेलकुद गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउने तयारी गरिरहेको बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्