०७ पुष २०८१, आइतबार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले त्रियुगा नगरपालिकामा उम्मेदबारी दिने

कान्छो खवर । सोमबार, बैशाख ०५, २०७९

०५ बैशाख उदयपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उदयपुरको आठ वटा स्थानीय तह मध्ये एउटा नगरपालिकामा मात्र उम्मेदबारी दिने निर्णय गरेको छ । पार्टीको संगठन मजवुद रहेको जिल्लाको त्रियुगा नगरपालिकाबाट आसन्न निर्वाचनलाई मध्ये नजर गर्दै मेयर, उपमेयर सहित केही वडा अध्यक्ष पदमा उम्मेदबारी दिने निर्णय गरेको हो । आईतबार पार्टीका अध्यक्ष खुशीलाल ठाकुरको अध्यक्षमा बसेको बैठकले त्रियुगाको मेयरमा दयाराम चौधरी र उपमेयरमा बसन्ती देवी झालाई सिफारीस गर्ने निर्णय गरेको हो ।

त्यसैगरि वडा न. ३ बाट शुभ नारायण चौधरी, वडा न. ८ बाट राज कुमार चौधरी, वडा न. ११ बाट बैधनाथ प्रसाद साह र वडा न. १२ बाट बद्रि प्रसाद साहलाई अध्यक्ष पदामा उम्मेदबार बनाउने निर्णय गरिएको अध्यक्ष ठाकुरले बताए ।

‘अहिले मेयर, उपमेयर सहित चार वटा वडा अध्यक्ष पदामा उठ्ने उम्मेदबारको मात्र टुङगो लागेको छ ।’ उनले भने । बाकी वडा अध्यक्ष सहित सदस्यहरुमा पछि टुङगो लगाईने र केही वडामा साना, ठूलो पार्टीसँग तालमेल गरेर अघि बढ्ने तयारी भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्