१८ पुष २०८१, बिहिबार

बालबिबाह गराएको आरोपमा बेहुला सहित दुई पक्राउ

कान्छो खवर । सोमबार, पुष १५, २०८१

गाईघाट  १५  पौष  ।

खोटाङमा  बालबिबाह गरेको अभियोगमा बेहुला सहित दुई जना पक्राउ परेका छ्न । आफन्तकहाँ हिडेकी १३ बर्षिया बालिकालाई बीच बाटै बाट ललाई फकाई युबकको घरमा लगेर बिबाह गराइदिएको आरोपमा दिक्त्तेल रुपाकोट  मझुवागढि नगरपालिका १२ जाल्पाकि कमला राई र बेहुला २८ बर्षिय रमेश राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कक्षा ८ मा अध्यनरत ती बालिकालाई पौष ८ गते रमेशको घरमा लगेर  पौष ९ गते किरात परम्परा अनुसार बिबाह गराईएको थियो । कमला बालिकाको आफन्त भएको प्रहरीले जनाएको छ । बालिका आफन्तको घर जादै गरेको बेला उनले ललाई फकाई बेहुलाको घरमा लगेकी थिइन् ।

बालबिबाह बारे प्रहरीमा सूचना प्राप्त हुन साथ  पौष १२ मा रमेशलाई र पौष १३ गते कमलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मोहन पोख्रेलले बताए ।बालिकालाई बेहुलाको घरबाट उद्घार गरि जिल्ला अस्पताल दिक्केतमा स्वास्थ परिक्षण गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

पक्राउ परेका दुबै जनालाई बालबिबाह सम्बन्धि कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक पोख्रेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्