१० पुष २०८१, बुधबार

सुनकोशीमा बेलीब्रीज जडानको काम तीब्र गतिमा

कान्छो खवर । मंगलबार, पुष ०९, २०८१

गाईघाट  ९ पौष  ।

फोक्सिङटारस्थित सुनकोसीमा बेलीब्रीज निर्माणको काम शुरु भएको छ ।पौष मसान्तसम्ममा सक्ने गरि आर्यन कन्ट्रक्सन मल्टीपर्पोज प्रालि कटारी उदयपुरले काम सुरु गरेको गाईघाट -दिक्त्तेल सडक योजना कार्यालयका प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।

उदयपुर र खोटाङको सिमा फोक्सिङटारस्थित सुनकोसीमा रहेको पक्की पुल असोज १२ गते आएको बाढीले बगाए पछी सोही स्थानमा बेलीब्रीज जडानको लागि योजना कार्यालयले टेन्डर प्रक्रिया माध्यमबाट काम शुरु गरेको हो ।

५० मिटर लामो बेलीब्रीज जडानको लागि आर्यन प्रालिले १ करोड २९ लाख ४६ हजार ७७ रुपैयामा सडक योजना कार्यालय सग मंसिर २८ गते सम्झौता गरेको डिई ज्ञवालीले बताए ।निर्माण कम्पनीले पौष मसान्त भित्र काम सक्नु पर्ने गरि सम्झौता गरिएको उनले बताए ।

बाढीले पुल बगाए पछी अहिले उदयपुर देखि खोटाङ सम्म सिधा यातायात सेवा अबरुद्ध भएको छ । गाईघाट देखि अहिले फोक्सिङटार सम्म मात्र यातायात सेवा सुचारु छ ।खोटाङको लागि झोलुङ्गे पुल हुदै पैदल हिडेर पारी देखि यातायात साधन चड्नु पर्ने सर्बसाधारणलाई बाध्यता छ ।

योजना प्रमुख ज्ञवालीले अहिले सडक कार्यालयको प्राबिधिकको रेखदेख र निगरानीमा काम द्रुत गतिबाट भैरहेको बताए ।माघ १ गते देखि खोटाङ संग सिधा यातायात सेवा सन्चालन गर्ने उदेश्य अनुरुप बेलीब्रीज जडानको काम भैरहेको उनले बताए ।

सुनकोसीमा पक्की पुल नहुदा यश अघि सात पटक बेलीब्रीज जडान गरिएको थियो । हिउदमा जडान गरीने र बर्षायाममा खोल्ने गरि बेलीब्रीज निर्माण हुदै आएको थियोे । कोसीमा पक्की पुल निर्माण पछी भने बेलीब्रीज जडान काॠ रोकिएको थियोे ।

 

यहाँ कमेन्ट गर्नुहोस्