०६ पुष २०८१, शनिबार

ऐननियम बिपरित चल्न खोज्ने सस्थागत बिध्यालयहरुलाई चौदण्डिगढी नगरपालिकाले कारबाही गर्ने

कान्छो खवर । शुक्रबार, पुष ०५, २०८१

गाईघाट   ५  पौष  ।

उदयपुरको चौदण्ढिगढी नगरपालिकाले नगर भित्र संचालित सस्थागत बिध्यालयहरुले नगरपालिका सग सहमति गरे अनुसार काम गर्न आग्रह गरेको छ । पटकपटक बसेर गरेको सहमति ति बिध्यालयले अझ सम्म कार्यान्वयन नगरे पछी नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

नगरपालिकाको हलमा आयोजित कार्यक्रममा नगर प्रबक्ता प्रकास राउतले शिक्षा ऐनमा ब्यबस्था गरिए अनुसार सस्थागत बिद्यालयहरु संग बसेर गरेको सहमति उनिहरुले अझै पालना नगरेकोले नगरपालिकाले सहमति पालना नगर्ने ति बिध्यालयहरुलाई कार्यबाहिको दायरामा ल्याउने बताए ।

शिक्षकलाई अनिवार्य रूपमा नियुक्ति पत्र दिनु पर्ने , शिक्षको तलब भत्ता बैंक मार्फत भुक्तानी गर्नुपर्ने र १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने विषयमा सस्थागत बिध्यालयहरु संग पटकपटक बैठक बसेर सहमति गरिएको राउतले बताए ।तर  अझसम्म पनि बिध्यालयहरु सहमति पालना नभएको उनलेे बताए ।

प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले ऐनमा भएको ब्यबस्था अनुसार नै बिध्यालयलाई सहमति पालना गर्न आग्रह गरिएको बताए ।अब तत्काल सहमति पालना गर्छु भन्ने गरे पनि बिध्यालय सन्चालकबाट सहमति पालना नभएको उनले बताए । नगर क्षेत्रमा शैक्षिक सुधारको लागि अहिले अनुगमन र बिद्यालय सुधारका कार्यक्रममा सुरु गर्न लागिएको उनलेे बताए ।

सरकारले तोकेको न्युनतम पारिश्रमिक १७ हजार ३ सय रुपैया शिक्षकहरुले नपाएको मौखिक उजुरी आएको उनले बताए । धेरै बिध्यालयहरुबाट शिक्षकहरु ठगिएका जानकारी आएको छ, उनले भने ।शिक्षकहरुले नियमितरूपमा न्युनतम तलब भत्ता पाउन भनेर नै बैंक खाता मार्फत भुक्तानी प्रक्रिया मिलाइएको भए पनि सन्चालकहरुले अझै कार्यान्वयन नगरेको उनलेे बताए ।

गरिब जेहेन्दार बिध्यार्थिहरुकोलागि दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति समेत उनिहरुले  कार्यान्वयन नगरेको उनले बताए ।तीन वटै विषयमा उनिहरुले सहमति गरेको भएको तर अझसम्म पालना नगरेकोले नगरपालिका बाध्य भएर उनिहरुमाथि कानुन बमोजिम कारबाहीको प्रक्रियामा जान लागेको बताए ।

शिक्षा शाखा प्रमुख रामेस्वर कुबरले कुनै किसिमको पुर्बाग्रहि ढंगले कारबाहि गर्न नखोजिएको बताए । हामीले सहमति गरेर पालना नगर्ने बिधयालयहरुको हकमा मात्र कारबाही गर्न लागेको बताए । सहमति पछी पनि धेरै पटक हामीले उनिहरुलाई मौका दिएको तर उनिहरुले बेवास्ता गरेकोले दिनमा तीन पटक सम्म पत्र काटेर बिध्यालयहरुलाइ सचेत गराइएको कुबरले बताए ।

उनले नगरमा २१ वटा सस्थागत बिध्यालयहरुमा ४ हजार ८ सय ५६ बिध्यार्थिहरु अध्यन गरिरहेको बताए । ४१  बुदे बिध्यालय सुधारको कार्यक्रम अन्तरगत नगरपालिका भित्र रहेको  ४७ वटा सामुदायिक  बिध्यालयलाई समायोजन गरेर  ४१  वटामा झारिएको उनले बताए ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्