०६ पुष २०८१, शनिबार

मन्त्री पाण्डेको अभिव्यक्तिले स्थानिय बासिन्दा निराश , सगरमाथा बिमानस्थल निर्माणको काममा अन्योल

कान्छो खवर । मंगलबार, पुष ०२, २०८१

मन्त्री पाण्डे मन्तव्य दिदै

गाईघाट   २ पौष ।

उदयपुरको गाईघाटमा बन्न लागेको प्रस्तावित सगरमाथा  बिमानस्थल निर्माणको काम  बजेट अभावको कारण  तत्काल सुरु  नहुने भएको छ।

त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा बन्न लागेको उक्त बिमानस्थलको सोमबार निरीक्षण गर्न आएका  सस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकार संघ बजेट नभएकोले निर्माणको काममा ढिलाइ भैरहेको बताए ।

बिमानस्थल निर्माण सहयोग समितिले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री पौडेलले सगरमाथा बिमानस्थलको लागि तत्काल सरकारले बजेटको ब्यबस्था गर्न नसक्दा निर्माण सुरु हुन नसकेको बताए ।

सबै प्रक्रिया सुरु भएर पनि बजेट अभावमा काम सुरु हुन नसकेको भन्दै उनले  बिमानस्थल भने कुनै पनि हालतमा बन्ने  बताए । हामीले पटकपटक बिमानस्थल निर्माणको लागि अर्थ मन्त्रालय सङ्ग बजेट मागेको भए पनि रकम अभावको कारण सगरमाथा बिमानस्थलमा काम अघि बढन नसकेको उनले बताए ।

उनले अब स्रोत जुटाउन तिनै तहको सरकार र स्थानिय बासिन्दा संग छलफल चलाउने तयारी भैरहेको बताए ।

मन्त्री पाण्डेले यसो भनिरहदा कार्यक्रम स्थलमा उपस्थित सर्बसाधारण , राजनैतिक दलका नेता कार्यकर्ता बुद्धिजीवी भने निकै निरास बनेका थिए ।मन्त्री पाण्डेबाट  बजेटको ब्यबस्था गरेर तत्काल निर्माणको काम सुरु हुने प्रतिबद्धता भाषणको क्रममा आउने त्यहा उपस्थित सबैले अनुमान गरेका थिए तर उनले  सरकारले तत्काल बजेटको ब्यबस्थापन गर्न नसक्ने भने पछी  उपस्थित सबै निराश बनेका थिए ।

मन्त्री पाण्डे बिमानस्थल निरीक्षणमा आउने भन्ने खबरले केहि दिन देखि उत्साहित स्थानियबासिन्दा  मन्त्रीले ब्यक्त गरेको अभिव्यक्तिले  निकै दुखी भएका छ्न ।अनि उनिहरु भन्न थालेका छ्न , हात्ती आयो , हात्ती आयो फुस्सा ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्