कान्छो खवर । मंगलबार, मंसिर २५, २०८१
गाईघाट २५ मंसिर ।
खोटाङमा ढलेको रुखले किचेर एक युवाको मृत्यु भएको छ । काठ ठेकेदारले खरिद गरेको रुख काट्दै गरेको बेला अर्को धोद्रो रुख झरेर लाग्दा हलेसी तुवाचुङ नगरपालिका १० अर्खौले ढाटगाउका बर्ष १८ का शिब परियारको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउसो २ बजे राबाबेसी गाउपालिका २ खार्पाको भडारेमा परियार कामदारको रूपमा रुख काट्न गएका थिए । रुख काट्दै गर्दा अर्को रुख लडेर परियारलाई किचेको प्रहरी निरीक्षक मिलन पोख्रेलले बताए ।
शब पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्