०६ पुष २०८१, शनिबार

लिम्चुङबुङमा जिप दुर्घटना हुदा चालकको मृत्यु , अन्य ४ जना गम्भीर घाइते

कान्छो खवर । सोमबार, मंसिर २४, २०८१

गाईघाट  २४  मंसिर ।

उदयपुरको लिम्चुङबुङमा सोमबार जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छ्न ।

गाईघाट देखि बिहान ८ बजे लिम्चुङबुङको थापाङ तर्फ जादै गरेको बा १ च ३२६७ नम्बरको ल्याण्डरोभर गाडी छाताङ र बराह जाने बाटोको तीन चौकेको  ओरालोमा ब्रेक फेल भएर दिउसो १२ बजे दुर्घटना हुदा गाडीका चालक मुर्कुचि सुकौराका २७ बर्षिय युबराज तामाङको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार ७ जना मध्य ४ जना गम्भीर रुपमा घाइते भएकोमा उनिहरुलाई स्थानिय एलबि अस्पतालमा उपचार गरि थप उपचारको  लागि गाईघाट ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

घाइते हुने हरुमा स्थानिय सुस्मिता खत्री बर्ष १९ ,बालजित राई बर्ष ४७ ,मिलछी राई  बर्ष ४१ र चरीमाया राई बर्ष ६२ रहेको प्रहरीले जनाएको छ।

घटना लगतै प्रहरी चौकी लिम्चुङबुङबाट गएको प्रहरी असई  सन्तराम चौधरीको नेतृत्वमा गएको टोलिले घाइतेहरुको उद्घार गरेको थियो । ओरालोमा  गाडीमा ब्रेक नलाग्दा सह चालकले ओट लगाउन खोज्दा  गाडी आफै अनियंत्रित भै सडक देखि झन्डै ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रहरीले  गाडी र खोल्सिबाट निकालेर अस्पतालमा उपचारकोलागि ल्याएको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्