०८ पुष २०८१, सोमबार

उदयपुरमा १५ बर्षिया एक किशोरीको शव फेला हत्या भएको आशंका

कान्छो खवर । मंगलबार, चैत्र २२, २०७८

गाईघाट २२ चैत
उदयपुरको बेलका नगरपालिका –३ स्थित एक खोल्सीमा १५ बर्षिया एक किशोरीको शव हत्या गरीएको अवस्थामा फेला परेको छ । मंगलवार विहान ५ वजे टयूसन पढ्न भनेर घर वाट निस्कीएकीे बेलका बुद्धचोककी कविता सुनुवार को शव विहान ७ वजे जसोदा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृती हेर्दा किशोरीको हत्या पछि खोल्सीमा शव फ्याकीएको प्रहरीले आंशका गरेको छ । तर यसको अझै पुष्टि हुन वाकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि सुभाष चन्द्र वोहराले वताए ।

किशोरी लाई कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि घटनाको अनुुसन्धान भैरहेको उनले बताए । उनले अनुसन्धानमा सहयोग गर्न केन्द्र र प्रदेश प्रहरी सँग समन्वय भैरहेको बताए । कोशी जनता माध्यमिक विध्यालय रामपुरमा कक्षा –१० मा अध्यनरत किशोरी एसइई परिक्षाको तयारीको लागी विहानै टयूसन पढ्न जाने गरेकी थिईन् । शव भटीएको स्थल विध्यालय देखी भन्डै ७ सय मिटर र घर देखि दूई किलोमिटर पर रहेकोे मृतक की नातामा मामा पर्ने गोपिलाल राई ले बताए । मृतक किशोरीको टाउकोमा गहिरो चोटपटक देखिएकोले उनको कुटपिट वाट हत्या भएको हुन सक्ने राईले बताए । शवको प्रकृती हेर्दा कुटपिट वाट हत्या भएको देखिएकाृे घट्ना स्थलमा रहेका इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक तेज वहादुर दाहालले बताए । उनले घट्नाको अनुसन्धानको लागी तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली लाई झिकाईएको बताए ।

उक्त घटना पछि स्थानिय वासीन्दा, महिला , र विध्यार्थिहरु को ठूलो समूहले हत्यारा को पहिचान गरी दोषि माथी तत्काल कार्यवाहीको माग गर्दै घटना स्थलमा प्रदर्शन गरी रहेका छन् । किशोरीको शव उठाउन स्थानियले अवरोध गरेकै कारण शव घटनास्थमै रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्