०६ पुष २०८१, शनिबार

जीबन बिज्ञानको एक दिने स्वजागरण कार्यक्रम सप्पन्न

कान्छो खवर । बिहिबार, मंसिर २०, २०८१

गाईघाट  २० मंसिर  ।

मानव बिकास विशेषज्ञ एल पि भानु शर्माले मनुष्य भित्र लुकेको दिब्यता र बाहिरी  जीबनमा प्रकट हुने कार्यकुशलता दुबैलाई जगाउनु जीबन बिज्ञानको मुलप्रयोजन रहेको बताएका छ्न ।

जीबन बिज्ञान परिषद उदयपुरको सहकार्य र त्रियुगा नगरपालिका ३ वडा कार्यालयको आयोजनामा भएको एक दिने स्वजागरण कार्यक्रम सो कुरा बताएका हुन ।

पुर्ण स्वास्थको लागि स्वजागरण ।  सुख ,शान्त र समृदिको जागरण बिषयक एक दिने प्रबचन कार्यक्रममा बोल्दै उनलेे  जीवन बिज्ञानले मनुष्यलाई दिने मुल देन जीबन तन्त्र वा परम जीबन बिज्ञान रहेकोे बताए ।

आज सम्म मानिसले भौतिक सुख खोजे या भित्रको शान्ति खोजे ।दुईवटै संगै खोज्ने बिज्ञान र बिधिको बिकास भएन ।उनले भने ।जीबन बिज्ञानको माध्यमबाट शान्ति र समृदि संगै खोज्न सिकिने उनले बताए ।

कार्यक्रम उनले केहि समय ध्यान साधना समेत गराएका थिए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत , उपमेयर महेश्वरी राई , शिक्षक प्राध्यापक , विद्यार्थी , सन्चारकर्मी , महिलाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष तिलक कटुवाले गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्